नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंका दुईसहित आठजनाको मृत्यु

शेयेर गर्नुहोस

काठमाडौं । नेपालमा थप ४ सय ८४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा ४ सय ८४ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज भएर घर फर्किनेको संख्या भने घटेको छ । बुधबार डिस्चार्ज भएर ६४ जना घर फर्किएका छन् ।

त्यसैगरी बुधबार थप आठजनाको कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मृतकमध्ये दुईजना महिला र छ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार धनुषा जिल्लामा कोरोनाका कारण दुईजनाको ज्यान गएको छ भने धादिङ, काठमाडौं, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एकएक जनाको मृत्यु भएको छ ।

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *