नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंका दुईसहित आठजनाको मृत्यु

शेयेर गर्नुहोस

काठमाडौं । नेपालमा थप ४ सय ८४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा ४ सय ८४ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज भएर घर फर्किनेको संख्या भने घटेको छ । बुधबार डिस्चार्ज भएर ६४ जना घर फर्किएका छन् ।

त्यसैगरी बुधबार थप आठजनाको कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मृतकमध्ये दुईजना महिला र छ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार धनुषा जिल्लामा कोरोनाका कारण दुईजनाको ज्यान गएको छ भने धादिङ, काठमाडौं, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एकएक जनाको मृत्यु भएको छ ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *