ओडिशामा गर्मीः ७२ घण्टामा ९९ जनाको मृत्यु

शेयेर गर्नुहोस

एजेन्सी । भारतमा गर्मीका कारण दिनहुँ दर्जनौँको ज्यान गइरहेको छ । गर्मी र लूका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । ओडिशामा गएको ७२ घण्टामा गर्मीका कारण ९९ जनाको मृत्यु भएको छ । यीमध्ये २२ जनाको मृत्यु लूले गर्दा भएको पुष्टि गरिएको छ ।

यस वर्ष गर्मी सुरु भएयता राज्यमा १४१ जनाको मृत्यु लुले गर्दा भएको बताइएको छ । भारतीय मौसम विभागका अनुसार जुन २ मा राज्यका कयौँ स्थानमा तपामान ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो ।

आगामी तीन दिनमा भने लू कम हुने अनुमान गरिएकोले मृत्युका मामिलाहरू कम हुने आशा गरिएको छ ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *