शेयेर गर्नुहोस
टीकापुर । कैलाली टीकापुर र गोदावरीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
टीकापुर नगरपालिका–१ ब्लक नं. १८ का १८ वर्षीय एक किशोर पनि लागूऔषधसहित पक्राउ परेका छन् । ५ सय ४० मिलिग्राम लागुऔषधसहित शनिबार साँझ उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
उता गोदावरी नगरपालिका–५ गेटाबाट ५ सय १० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय हेमन्त कार्की पक्राउ परेका हुन् । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले लागूऔषधसहित नियन्त्रणमा लिएको बताएको छ ।















