शेयेर गर्नुहोस
टीकापुर नगरपालिका वडा नं. ७ ले सडक र नाला निर्माणसम्बन्धि विवाद गर्ने स्थानीयसँग सहमति गरेको छ । बुधबार वडा कार्यालयमा वडाध्यक्ष यज्ञ प्रसाद न्यौपाने बोलाएको स्थानीय लगायतको बैठकमा सहमति भएको हो ।
अध्यक्ष न्यौपानेले शहरी विकास मन्त्रालयबाट आएको बजेटले रामजानकी टोलमा नालासहित पक्की रोड निर्माणको काम अगाडी बढाउनुपर्ने भएपछी १५÷१५ मिटर सडक खाली गर्न पत्राचार गर्दा केही व्यक्तिले मुआब्जा दिनुपर्ने र अरुको खालि गरे मात्र आफ्नो खाली गर्ने भन्ने विषयमा केही विवाद देखिएको स्थानीयले मुआब्जा लगायत विषयमा विवाद गर्न थालेको बताए । उनले कसैको नम्बरी जग्गामा नछुने बताउदै नाली र सडक निर्माणमा सघाउन आग्रह गरेका थिए ।
विवाद उत्पन्न भएका दुईजना स्थानीयले विकासको काममा अवरोध नगर्ने बताउदै आफुहरुलाई मर्का परेता पनि सडक र नाली निर्माणमा बाधा नपु¥याउने बताए ।















