कैलालीमा टीकापुरका एकसहित तीन जना फरार प्रतिवादी पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीका ३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

लागूऔषध मुद्दामा २ हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका–२ बस्ने २६ वर्षीय शेखर सुनार, विदेशी विनिमय अपचलन मुद्दामा १ लाख ५५ हजार ५२० जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका–५ का ३१ वर्षीय रामबहादुर विष्ट र बिना इजाजत वन पैदावार ओसार पसार सम्बन्धी मुद्दामा ३६ हजार ११४ जरिवाना तोकिएको बर्दगोरिया गाउँपालिका–३ बस्ने ५६ वर्षीय डम्बरराम भण्डारी पक्राउ परेका हुन् ।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरीवाना ठहर भई फरार रहेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।

amazed