शेयेर गर्नुहोस
धनगढी । कैलालीको टीकापुरबाट लागूऔषधसहित २ किशोर पक्राउ परेका छन् ।
टीकापुर नगरपालिका–९ खग्रौलाको चेक पोष्ट सडक खण्डबाट बर्दियाको राजापुर नगरपालिका–२ बस्ने १९ वर्षीय किशोर चौधरी र १८ वर्षीय अर्का किशोरलाई पक्राउ गरिएको हो । ९ सय मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।















