इलाका प्रहरी कार्यालय टीकापुरमा २०४ वटा मुद्दा दर्ता, एक सय ९९ जना पक्राउ

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय, टीकापुर । ईलाका प्रहरी कार्यालय टीकापुरमा गत आर्थिक वर्ष ०८०/८१ मा दुई सय ४ वटा मुद्दा दर्ता भएका छन् । गत वर्षको साउन १ गतेदेखी ०८१ को असार ३१ गतेसम्म दुई सय ४ वटा मुद्दा दर्ता भएका हुन् ।

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोकराज अवस्थीले उक्त एक वर्षको तथ्यांक दिँदै दुई सय ४ मुद्दा दर्ता हुँदा एक सय ९९ जनालाई पक्राउ गरिएको बताए । जसमा एक सय ९० पुरुष र ९ जना महिला रहेका छन् ।

उनले सबैभन्दा धेरै लागूऔषधका मुद्दा दर्ता भएको बताउदै सोही मुद्दा शिर्षकमा धेरै जना पक्राउ परेको जानकारी दिए । उनका अनुसार लागूऔषधमा गत आव ०८०/८१ मा ५८ वटा मुद्दा दर्ता हुँदा ८२ जना पक्राउ परेका हुन् । त्यसभन्दा अघिल्लो आर्थिक वर्ष ०७९/८० मा लागूऔषधमा ५१ वटा मुद्दा दर्ता भएकोमा ६७ जना पक्राउ परेका थिए ।

इन्स्पेक्टर अवस्थीले दिएको तथ्यांकमा लागूऔषधपछि झुन्डिएर आत्महत्या शिर्षकमा बढी मुद्दा दर्ता भएको देखिन्छ । उक्त मुद्दा शिर्षकमा ३० वटा मुद्दा दर्ता भएका छन् । अभद्र व्यवहारमा २६ वटा मुद्दा दर्ता भएकोमा ३६ जना पक्राउ परेका छन् भने भवितब्य ज्यानमा २४ वटा मुद्दा दर्ता भएका छन् ।

त्यस्तै बैंकिङ कसुरमा १३ वटा मुद्दा दर्ता हुँदा २ जना मात्र पक्राउ परेको तथ्यांकमा उल्लेख छ । फुटकर ज्यान शिर्षकमा १० वटा मुद्दा दर्ता भएका छन् । ज्यान मार्ने उद्योगमा ८ वटा मुद्दा दर्ता हुँदा १८ जना पक्राउ, जबर्जस्ति करणीमा ८ वटा मुद्दा दर्ता हुँदा ९ जना पक्राउ परेका छन् ।

कर्तव्य ज्यान शिर्षकमा ५ वटा मुद्दा दर्ता हुँदा ६ पुरुष, ५ महिलासहित १० जना पक्राउ र डाका चोरी शिर्षकमा ५ वटा मुद्दा दर्ता हुँदा १० जना पक्राउ परेका छन् । सवारीबाट भवितव्य ज्यान र बिष सेवन, आत्महत्या दुरुत्साहनमा एक/एक वटा मुद्दा दर्ता भएका छन् ।

वैवाहिक करणीमा एक वटा मुद्दा दर्ता र एक जना पक्राउ, गर्भपतनबाट कर्तव्यमा परिणत शिर्षकमा एक वटा मुद्दा दर्ता र एक महिलासहित दुईजना पक्राउ, नकबजनी चोरीमा एक वटा मुद्दा दर्ता र दुई जना पक्राउ, साधारण चोरीमा दुई वटा मुद्दा दर्ता र दुई जना पक्राउ, सवारी ज्यानमा तीन वटा मुद्दा दर्ता र दुई जना पक्राउ, ठगीमा दुई वटा मुद्दा दर्ता र एक जना पक्राउ, जुवामा दुई वटा मुद्दा दर्ता र २० जना पक्राउ परेका छन् ।

इन्स्पेक्टरका अवस्थीका अनुसार अदालतको फैसला कार्यान्वयनको क्रममा ०८०/८१ मा ७८ जना फरार प्रतिवादीसमेत पक्राउ गरिएको छ । जबकी अघिल्लो आर्थिक वर्ष ०७९/८० मा १८ जना फरार प्रतिवादी पक्राउ परेका थिए । तर मुद्दा दर्ता संख्यामा भने अघिल्ला आर्थिक वर्ष भन्दा केही कमी भएको देखिन्छ । ईलाका प्रहरी कार्यालय टीकापुरको त्रिवर्षीय तालिका हेर्दा ०७८/७९ मा दुई सय १७ वटा मुद्दा दर्ता, ०७९/८० मा दुई सय १४ वटा मुद्दा दर्ता र ०८०/८१ मा दुई सय ४ मुद्दा  दर्ता भएका छन् । यो तालिकाले क्रमशः मुद्दा दर्ता संख्या घटिरहेको देखाएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *