धनगढीबाट अछाम जाँदै गरेको बसमा अबैध सामान भेटियो

शेयेर गर्नुहोस

टीकापुर । धनगढीबाट अछाम जाँदै गरेको बसमा अवैध सामान बरामद गरिएको छ । सोमबार साँझ चौरपाटी गाउँपालिका –६ स्थित रहेको प्रहरी चौकी चौखुट्टेको चेक पोष्टमा धनगढीबाट मंगलसैन, अछाम तर्फ जांदै गरेको ना ५ ख २४७५ नम्बरको बसलाई चेकजाँच गर्दा अवैध सामान बरामद गरिएको हो ।

प्रहरीका अनुसार बसबाट बिल नभएका अन्दाजी २ लाख ३ हजार ४५० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीले सामान सँगै घोडाघोडी नगरपालिका – १ सुख्खडका ३४ वर्षीय माधव बिकलाई पनि पक्राउ गरेको जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed