कैलालीको कैलारी क्षेत्रका ७२ घर डुबानमा

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा कटैनी नदीमा आएको बाढीले कैलारी गाउँपालिकाका ७२ घर डुबानमा परेका छन् ।

कैलारी गाउँपालिकाले दिएको जानकारी अनुसार वडा नम्बर ५ स्थित मनिकापुरमा ३६ घर, वडा नम्बर ७ स्थित छटकपुर बसन्तामा २५ घर र वडा नम्बर ८ स्थित भंगहामा ११ घर डुबानमा परेका छन् ।

डुबान भएको गाउँमा उद्धारका लागि सुरक्षाकर्मी, रेडक्रसका प्रतिनिधि, जनप्रतिनिधि लगायतका व्यक्ति खटेको विपत् व्यवस्थापन शाखाका प्रमुख भुवन बखरियाले जानकारी दिए ।

यस्तै, कान्द्रा नदीमा आएको बाढीले भजनी नगरपालिकाको विभिन्न क्षेत्रमा डुबान गरेको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका–५ सेउकलिया, वडा नम्बर ९ रत्तिपुर, गौरीगंगा नगरपालिका–७ र कैलारीमा डुबान भएको खबर आएको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाका नरेन्द्र बोहराले जानकारी दिए ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *