कैलालीको टीकापुर नगरपालिकाद्वारा प्लाष्टिकजन्य फुलमाला विक्रिवितरणमा निषेध

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले तिहारका समयमा प्लाष्टिकजन्य फूलमाला बिक्रि बितरणमा निषेध गरेको छ । सोमबार एक सूचना जारी गर्दै नगरपालिकाले स्वदेशी फूलका मालालाई प्रोत्साहन गर्न प्लाष्टिकजन्य फूलमाला प्रयोग निधेष गरेको हो ।

सूचनामा पालिकाले चालु आर्थिक वर्षमा प्लाष्टिकजन्य सामग्रीको न्यूनिकरण गर्न भारतबाट भित्रिने प्लाष्टिकका माला आयात तथा विक्रिवितरणमा रोक लगाउने निति लिएको बताएको छ । त्यसको सट्टा स्वदेशी उत्पादन फुलका मालालाई प्रोत्साहन गर्ने नगरपालिकाले निति लिएको सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाको सूचनालाई अटेर गरे नियमानुसार कारबाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दमनसिंह चौधरीले आउँदै गरेको दिपावली तथा छठपर्वमा टीकापुरभित्र कसैले प्लाष्टिकजन्य फूलका माला बिक्री बितरण गरेको पाइएमा कारबाही गर्ने जानकारी दिए ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *