गृहमन्त्री थापा राहत वितरणका लागि सुदूरपश्चिमको बाजुरा आउदै

शेयेर गर्नुहोस

धनगढी । गृहमन्त्री रामबहादुर थापा सुदूरपश्चिम प्रदेशमा आउने भएका छन् । सेनाको हेलिकोप्टर मार्फत उनी मंगलबार बाजुरा आउने भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार पहिरो प्रभावित क्षेत्रको अनुगमन, अवलोकन तथा राहत वितरणका लागि उनी आउन लागेका हुन् । मार्तडी, गौमुल गाउँपालिकाको सिम, बुढीगंगा नगरपालिकाको ताप्रीसेरा, बडिमालिकाको घागर र बुढीनन्दाको तिलिचौरको पहिरो प्रभावित क्षेत्रमा उनी पुग्नेछन् ।

पहिरो पीडितहरुसंग भेटघाट तथा राहत वितरण समेत गरिनेछ । गृहमन्त्री थापा सोमबार सिन्धुपाल्चोकको पहिरोग्रस्त क्षेत्रमा समेत राहत वितरणमा पुगेका थिए ।

ताजा खबर

जाडो याममा दैनिक कति पिउनुपर्छ पानी ?

कैलाली प्रहरीद्वारा एकै दिन ४२ जना फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा ६ लाख ७५ हजारको अवैध सामान बरामद

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *