शेयेर गर्नुहोस
टीकापुर । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला समितिहरू चयन गरेको छ । कैलाली, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, बैतडी, कञ्चनपुर र दार्चुला जिल्लामा जिल्ला समिति चयन गरिएको हो ।
जिल्लाहरूमा भेला आयोजना गरेर समिति गठन गरिएको पार्टीले बताएको छ । विभिन्न मितिमा आयोजित रास्वपाको जिल्ला भेलाबाट चयन भएका जिल्ला सभापतिहरूको नेतृत्वमा जिल्ला समिति गठन भएको हो ।
कैलाली जिल्लाको अध्यक्षमा महेशकुमार चौधरी चयन भएका छन् । त्यस्तै, दार्चुलाको अध्यक्षमा गोपालसिंह कोट्टारी, बाजुराको अध्यक्षमा नवराज जैशी, अछामको अध्यक्षमा आमेप्रकाश रावल, बझाङको अध्यक्षमा सत्यराज उपाध्याय, डोटीको अध्यक्षमा केशव बलायर, डडेल्धुराको अध्यक्षमा सुरेन्द्र अवस्थी, बैतडीको अध्यक्षमा भीम नाथ र कञ्चनपुरको अध्यक्षमा पदमबहादुर विष्ट चयन भएका छन् ।















