सेती प्रादेशिक अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्ने एक पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीको सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण गर्ने एक व्यक्ति पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण राना पक्राउ परेका हुन् । बिरामी कुरुवा बसेका रानाले आज विहान अस्पतालमा कार्यरत डा. वेदप्रकाश भट्टमाथि आक्रमण गरेको जनाइएको छ । 

बिरामी बुबाको कुरुवा बसेका कृष्णले बिरामी जाँच गरेर बाहिर निस्किने क्रममा डाक्टरमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो । कृष्णको आक्रमणबाट डाक्टर भट्टको मुखमा चोट लाग्नुका साथै चश्मा फुटेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed