सुदूरपश्चिम भ्रमणमा आउँदै प्रधानमन्त्री ओली 

शेयेर गर्नुहोस

धनगढीः प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम भ्रमणमा आउने भएका छन्।

उनले सुदूरपश्चिम प्रदेशसभा बैठकलाई दिउँसो १ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। यसअघि पहिलो कार्यकालमा पनि प्रधानमन्त्री ओलीले प्रदेशसभालाई सम्बोधन गरेका थिए।

त्यसैगरी, ओली सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनेछन्, जहाँ एक हजार तीन सय ७७ जना विद्यार्थी दिक्षित हुँदैछन्। उनले धनगढी उपमहानगरपालिकामा निर्माण सम्पन्न सिटी हलको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed