इजरायलको नयाँ युद्धविराम प्रस्ताव हमासले अस्वीकार गर्‍याे

शेयेर गर्नुहोस

इजरायलले ल्याएको नयाँ युद्धविराम प्रस्तावलाई प्यालेस्टाइनी विद्रोही समूह हमासले अस्वीकार गरेको छ ।

हमासका प्रमुख वार्ताकार खलील अल–हय्याले भिडियो सन्देशमार्फत युद्धविराम प्रस्ताव औपचारिक रूपमै अस्वीकार गर्नुभएको बीबीसीले जनाएको छ ।

इजरायलको युद्ध विराम प्रस्तावमा प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूको राजनीतिक एजेन्डा मात्र रहेको हमासको आरोप छ ।

इजरायलले अगाडि सारेको नयाँ प्रस्तावमा १० जना बन्धकको रिहाइको सट्टामा ४५ दिनको युद्धविराम प्रस्ताव गरिएको थियो । तर हमासले युद्ध समाप्त भए मात्रै युद्धविराम गर्ने प्रतिक्रिया दिएको छ । सबै बन्धकहरूको रिहाइको सट्टामा युद्ध समाप्त गर्नेुपर्ने हमासको माग छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed