कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गयराती धनगढी उपमहानगरपालिका – १ सेतोपुल सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७९५६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक जोशीपुर गाउँपालिका – ४ का २६ वर्षीय रुद्र चौधरीको मृत्यु भएको हो ।

मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा गम्भिर घाईते भएका चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

amazed