शेयेर गर्नुहोस
टीकापुर । कैलालीमा कृषि फर्म भित्र रहेको पानी पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका– ९ शंकरपुरस्थित बुद्धिराज एग्रो कृषि फर्ममा रहेको पानी पोखरीमा डुबेर (आज) शुक्रबार तिन वर्षिय बालक कुशल खनालको मृत्यु भएको हो ।
स्थानिय बुद्धिराज खनालले सञ्चालन गरेको उक्त फर्ममा उनिसँगै उनका भाई दिल्लीराज खनाल बस्दै आएका थिए । ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार सँगै बस्दै आएका दिल्लीराज खनालका छोरा कुशल फर्मको पानीपोखरीमा डुबेर बेहोस भएका थिए । डुबेर बेहोस भएका कुशललाई उपचारको लागि सेती प्रादेशीक अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।















