कैलालीमा पानीपोखरीमा डुबेर ३ वर्षिय बालकको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा कृषि फर्म भित्र रहेको पानी पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका– ९ शंकरपुरस्थित बुद्धिराज एग्रो कृषि फर्ममा रहेको पानी पोखरीमा डुबेर (आज) शुक्रबार तिन वर्षिय बालक कुशल खनालको मृत्यु भएको हो ।

स्थानिय बुद्धिराज खनालले सञ्चालन गरेको उक्त फर्ममा उनिसँगै उनका भाई दिल्लीराज खनाल बस्दै आएका थिए । ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार सँगै बस्दै आएका दिल्लीराज खनालका छोरा कुशल फर्मको पानीपोखरीमा डुबेर बेहोस भएका थिए । डुबेर बेहोस भएका कुशललाई उपचारको लागि सेती प्रादेशीक अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *