साइकल र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरमा साइकल र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

आइतवार राति भएको दुर्घटनामा मोटरसाइकल चालक बेदकोट नगरपालिका–९ कृषि चोक बस्ने वर्ष ३५ का श्याम दमाई मृत्यु भएको हो । म २ प ४९९७ नम्बरको मोटरसाइकल र साइकल कृषि चोकमा आपसमा ठोक्किँदा चालक दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार घटनापछि बेपत्ता रहेका साइकल चालकको खोजतलास भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed