कैलालीका बिभिन्न ठाउँबाट ५ जना फरार प्रतिवादी पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीबाट प्रहरीले ५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीले कैद सजाय तथा जरिवाना ठहर गरेका ५ जनालाई बिहीबार पक्राउ गरिएको हो ।

पक्राउ पर्ने सार्वजनिक अपराध मुद्दामा ६ महिना कैद सजाय र २५ हजार जरिवाना तोकिएका जानकी गाउँपालिका – ८ भगरैयाका ३२ वर्षीय दयाराम चौधरी र सोही मुद्दामा कैद र जरिवाना तोकिएका २७ वर्षीय सुरेन्द्र चौधरी रहेका छन् ।

यस्तै चोरी मुद्दामा १ महिना कैद सजाय र १० हजार जरिवाना तोकिएकी धनगढी उपमहानगरपालिका – ४ की ३२ की सृजना कुमाल, लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका – ७ का २३ वर्षीय प्रकाश राना र लागू औषध मुद्दामा २ महिना कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका ७ कै २९ वर्षीय शिव राना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *