शेयेर गर्नुहोस
मान बहादुर ठकुल्ला
टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा ९ स्थित सत्ती भन्सार कार्यालय खक्रौलाले आर्थिक बर्षको पहिलो साउन महिनामा लक्ष्य भन्दा धेरै राजश्व संकलन गरेको छ ।
भन्सार कार्यालयले साउन महिनामा लक्ष्य भन्दा ५ सय ७५ प्रतिशत राजश्व संकलन गरेको जनाएको छ ।
सत्ती भन्सार कार्यालय खक्रौलाले चालू आर्थिक वर्षको साउन महिनामा ३६ लाख ३९ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा २ करोड ९ लाख १४ हजार राजश्व संकलन गर्न सफल भएको भन्सार प्रमुख रामराज प्रसाद चौरसियाले जानकारि दिनु भयो ।
भन्सार अधिकृत चौरसियाले भन्सार छली, चोरी पैठारी कम भएको बताउदै दुई किलोमिटरको दुरिमा सशस्त्र प्रहरीको डिउटी र २४ घन्टा नेपाल प्रहरीको निगरानी भएकोले राजश्व संकलनमा बृदि भएको बताउनु भयो । दुई बर्ष अघि मुल भन्सारका रुपमा स्थापना भएको सत्ती भन्सार कार्यालयले गत आर्थिक बर्ष ५ करोड राजश्व संकलन गरेको थियो भने यश वर्ष ६ करोड ७ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।
यस पटक कपडा एसीसी ब्लक ,चामल हार्डवेयर,मोटर पार्टस लगायतका सामान धेरै आयात भएकाले राजश्व बढेको र सबै पक्षबाट यस्तै सहयोग भएको खण्डमा बार्षिक लक्ष्य पूरा हुने भन्सार प्रमुख चौरसियाको भनाइ छ ।