सुदूरपश्चिममा आज नानी गौरा मनाईदै

शेयेर गर्नुहोस

बैतडी । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराको दोस्रो दिन आज “नानी गौरा” मनाउदैं छ । ब्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रही आएको छ ।

आजको दिनलाई स्थानीय भाषामा “नानी गौरा” भन्ने चलन रहेको छ । सवाँ, अपामार्ग लगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ती बनाई नजिकका पानीका मूहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ ।

हिजो भिजाएका बिरुडाले गौराको पूजाआजा गर्ने चलन रही आएको सुर्नया गाउँपालिका ६ का हरिना अवस्थीले बताउनुभयो । बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने प्रचलन रही आएको छ ।

पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताउनुभयो । दुर्वाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो ।

भोली सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । भोली नै महिलाहरुले धारणा गर्ने बिशेष प्रकारको धागो दुबधागो भोली गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन धारण गर्ने चलन छ ।

तागाधारी पुरुषहरुले जनेउ धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् । शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन छ । तर यो बर्ष कोरोना भाईरसको महामारीका कारण गाउँघरमा गौराको रौनक देखिदैन ।

यो बर्ष सांस्कृतिक रुपमा मात्रै गौरा मनाइदैंछ भने सामूहिक रुपमा भीडभाड गरेमा कोरोना जोखिम बढ्नै भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाले गौराको समयमा सामूहिक रुपमा खेलिने ठाडो खेल, ढुस्को, धमारी लगायतका सांस्कृतिक खेलहरु पनि नहुने भएका छन् । सुदूर खबर

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

amazed