सर्‍यो डिठ्ठा सापको टेलिश्रृंखला ‘अड्डा’ को प्रसारण मिति

शेयेर गर्नुहोस

काठमाडौं । कलाकार किशोर भण्डारीको लेखन तथा निर्देशन रहेको नयाँ टेलिश्रृंखला ‘अड्डा’को प्रसारण मिति सरेको छ । भदौ ९ गते अर्थात मंगलबारबाट डिस होमको कमेडी प्लस च्यानलमा प्रसारण हुने तय भएको श्रृंखला सरकारले कोरोनाको कारण जारी गरेको निषेधाज्ञाका कारण केही समयका लागि पछि सरेको हो ।

‘श्रृंखला प्रसारको सम्पूर्ण तयारी भएको थियो’ निर्देशक भण्डारीले भने, ‘सरकारले जारी गरेको निषेधाज्ञाका कारण अहिले केही समय पछि सारिएको छ ।’ नियमित प्रसारणका लागि श्रृंखला छायाँकन वातावरण नभएकोले श्रृंखला सारिएको निर्देशन भण्डारीले सुनाए ।

लामो समयदेखि कमेडी श्रृंखलाहरुमा आफ्नो कलाकारिता पस्किँदै आएका भण्डारीले यस अगाडि ‘डिट्ठा साब’ निर्माण गरेका थिए । श्रृंखला प्रसारण भएपछि उनको उपनाम नै ‘डिठ्ठा साप’बनेको छ । धेरैले उनलाई वास्तविक नामले भन्दा यहि परिचयले चिन्ने गर्दछन् ।

सामाजिक कथामा निर्माण हुने ‘अड्डा’ले हरेक मानिसको सरोकारको विषयवस्तु उठाउने छ । ‘हरेक मानिस आफ्नो जीवनमा कुनै न कुनै रूपमा अड्डा पुगेकै हुन्छ । त्यसरी अड्डा पुग्दा कर्मचारीबाट गरिने व्यवहार कस्तो हुन्छ, सेवाग्राहीले सेवा पाउछन् कि दुःख । यी सबै बिषय रमाइलो ढंगबाट श्रृंखला देखाउने प्रयास गरिनेछ,’ भण्डारीले थपे ।

श्रृंखलामा किशोरको अलवा, रेश्मा तिमल्सिना ‘बुनुमैँचा’, कृष्णभक्त महर्जन, राम प्र. श्रेष्ठ, लीला केसी, पुष्प अवस्थी, समीर मिया, सुमा लामिछाने, कृष भण्डारी, शुभेच्छा पाण्डेय, सञ्जय लामा लगायतको कलाकारको अभिनय देख्न सकिन्छ ।

प्रवेश पोखरेलको छायांकन, दुर्लभ श्रेष्ठको सम्पादन रहने श्रृखलाको प्रत्येक भागमा कथा र कलाकार फेरिने निर्देशक भण्डारीले जानकारी दिए ।

amazed