एक वर्षमा नौवटा पक्की पुल निर्माण

शेयेर गर्नुहोस

स्याङ्जा । स्याङ्जामा एक वर्षमा नौवटा मोटर गुड्ने पक्की पुल निर्माण भएका छन् ।

पूर्वाधार विकास कार्यालयले निर्माण थालेका नौवटा पुलमध्ये छवटा र सडक डिभिजन कार्यालयले निर्माण थालेका १० वटामध्ये तीनवटा पुल निर्माण सम्पन्न भएका हुन् ।

कोरोना भाइरसका कारण देशभर सरकारले चैत ११ गतेबाट बन्दाबन्दी गरे पनि स्याङ्जामा उक्त अवधिमा विकास निर्माणका कामले निरन्तरता पाएका थिए ।

स्याङ्जाको भीरकोट नगरपालिकाको लुब्दी खोलामा निर्माण सुरु गरिएको पक्की पुल सबैभन्दा छिटो छ महिनामै बनेको छ । २०७६ असोजमा सम्झौता भई मङ्सिरबाट निर्माण कार्य सुरु गरिएको उक्त पुल वैशाखमा सम्पन्न भएको पूर्वाधार कार्यालयका प्रमुख सोभियत खड्काले बताए । गोरखापत्र दैनिक

ताजा खबर

तालमा डुबेर एक जनाको मृत्यु

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

यी हुन् तातोपानी पिउनुका बेफाइदा

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *