भजनीका सामुदायिक वन अतिक्रमण

शेयेर गर्नुहोस

मान वहादुर ठकुल्ला / भजनी । कैलालीको भजनी नगरपालिकाका दुई सामुदायिक वन अतिक्रमणमा परेका छन ।
साउन १४ गते आएको बाढीले बिस्थापित भएका करिब १२ सय घरपरिवारले सामुदायिक वन अतिक्रमण गरेका हुन ।
भजनीका बनदेवी सामुदायिक वन उपभोक्ता समुह र महुन्याल सामुदायिक वन उपभोक्ता समुह अतिक्रमणमा परेका हुन ।
बाढीपिडितहरुले बसोबास गर्न कुनै उपाय नलागेपछि यी सामुदायिक बनको जग्गा अतिक्रमण गर्न बाध्य भएको बताएका छन ।
भजनी नगरपालिकाका वडा ९ खुरुरिया ६५ घर परिवार, सोही वडा ओखरपुर ५० घरवरिवार, भजनी –७ चर्रापृथ्वीपुर १८ भुरुवा ९० वडा नं. ३ कृष्णनगर भजनि ५ भगतपुर लगायतमा करिब १२ सय बाढीपिडित वनक्षेत्रमा बसोबास गर्दै आएको स्थानिय बडघर श्रीकृष्ण चौधरीले जानकारी दिनुभयो ।
गत साउन १४ गते आएको बाढीले पिडित भएकी कलेन्द्री देवी डगौराले हामीलाई भजनी नगरपालिकाले कुनै किसिमको सहयोग नगरेको बताउनुभयो ।
चुनावताका बिभिन्न आश्वासन दिने जनप्रतिनिधीले पिडित जनताप्रति सहानुभुति दिन समेत कञ्जुसाई गरेको चौधरीको आरोप छ ।
यसैगरी अर्का बाढीपीडित भावना उपाध्याय भन्नु हुन्छ–‘हामीलाई सर्बप्रथम गास भन्दा पनि बासको आवश्यकता रहेको छ । बास बस्ने व्यवस्था भए काम गरेर पनि घरपरिवार पाल्न सक्ने उहाँ बताउनुहुन्छ ।
बसोबास गर्दै आएको ८ कठ्ठा जग्गामा घर तथा धान खेतिलाई बढीले कटान र पटान गरेर नष्ट गरेको निर्मला भण्डारी बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ– ‘त्यसैलेपनि प्रत्येक बर्ष बाढीले सताउदै आएकोले स्थानिय तहले हाम्रो समस्या समाधान गर्नुपर्दछ ।

ताजा खबर

तालमा डुबेर एक जनाको मृत्यु

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

यी हुन् तातोपानी पिउनुका बेफाइदा

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

amazed