डडेल्धुरा प्रयोगशाला: जानकीका चारसहित सुदूरपश्चिममा थप ५० जनामा कोरोना पुष्टि

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय, टीकापुर । डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएका ६ सय ६६ जनाको नमुना परिक्षणमा कैलालीका १५ सहित ५० जनाको नतिजा पोजिटिभ आएको छ ।

जसमध्ये जानकी गाउँपालिकाका एक महिलासहित ४ जना रहेका छन । गाउँपालिकाको वडा नम्बर १ का २ जना, वडा नम्बर ३ र ७ का १-१ जनामा कोरोना पुष्टि भएको हो । उनीहरू सबै दुर्गौलीस्थित सरस्वती माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।

उक्त गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जित बहादुर चौधरीका अनुसार यहि भदौ २ गते परिक्षणका लागि पठाइएका ८४ जनाको स्वाबमध्ये ६२ जनाको नतिजा ७ गते आइसकेको थियो । बाँकी १२ जनामा ४ जनाको नतिजा आज पोजेटिभ आएको र अन्य ८ जनाको नतिजा नेगेटिभ आएको उनले बताए ।

त्यस्तै उक्त प्रयोगशालामा गरिएको परिक्षणमा आज कोरोना पुष्टि भएका ५० जनामध्ये कैलालीकै घोडाघोडी नगरपालिकाका ७ जना र बर्दगोरिया गाउँपालिकाका ४ जनासमेत रहेका छन ।

त्यस्तै अछामको बान्नीगढी गाउँपालिकाका १७ जनामासमेत कोरोना पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार डडेल्धुराको अमरगढी नगरपालिकाका २ जना, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ जना, बझाङको छबिस पाथिभरा गाउँपालिकाका ६ जना र दुर्गाथली गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *