वीपीमा नर्सहरूको आन्दोलन, माग सम्बोधन गर्न ५ सदस्यीय समिति

शेयेर गर्नुहोस


धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत नर्सहरूको समस्या समाधान गर्न ५ सदस्यीय एक समिति गठन गरिएको छ।

आन्दोलनरत नर्सिङ स्टाफका प्रतिनिधिहरूसँग बुधबार बिहान प्रतिष्ठानका पदाधिकारीहरूको वार्ता भएपछि समस्या समाधान गर्न ५ सदस्यीय समिति गठन भएको हो।

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार समस्या समाधान गर्न अस्पताल निर्देशक डाक्टर गौरीशंकर साह संयोजक रहेको एक समिति गठन गरिएको छ।

समितिमा कर्मचारी प्रशासनका उमेश कोइराला, मेट्रोन उपेन्द्र यादव रहेका छन् भने नर्सिङ स्टाफहरूकोतर्फबाट समितिमा सफला बुढाथोकी र रमा बस्नेत छन्।

‘समस्या समाधान गर्न एक समिति गठन भएको छ, समितिले एक साताभित्र समाधानसहितको रिपोर्ट बुझाउनेछ,’प्रवक्ता डा।सापकोटाले भने।

वार्ड, आइसियु, डाइलाइसिसलगायत ठाउँमा उपचाररत विरामीहरू कोरोना संक्रमित पुष्टि भएपछि उपचारमा संलग्नहरूलाई क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने, जोखिम भत्ता दिनुपर्ने, पिपिईको व्यवस्था गर्नुपर्ने, बढेको तलब तत्काल दिइनुपर्ने, मास्क र पञ्जा पर्याप्त दिइनुपर्ने, कोरोना विमा गरिनुपर्नेलगायत माग राखेर मंगलबारदेखि नर्सहरू आन्दोलनमा थिए।

उनीहरूल विभिन्न १६ बुँदे माग अघि सारेको आन्दोलनरत नर्स मध्येकी सफला बसढाथोकीले बताइन्।

आन्दोलनरत नर्सहरुले बुधबार बिहान उपकुलपति डा।ज्ञानेन्द्र गिरीलाई मागसहितको ज्ञापन पत्र पनि बुझाएका थिए।

ताजा खबर

तालमा डुबेर एक जनाको मृत्यु

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

यी हुन् तातोपानी पिउनुका बेफाइदा

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

amazed