कोइरालाको नियुक्तिमा रक्षामन्त्रीको बचाउ, ‘मेरो सम्बन्धको दुरुपयोग भएको छैन’

शेयेर गर्नुहोस

काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय वाणिज्य बैंकमा आफ्ना सम्धीलाई नियुक्ति गरेको भनी आएका सूचनाहरूको खण्डन गरेका छन्। उनले सो सम्बन्धी भएको निर्णयको बचाउसमेत गरेका छन्।

सोमबार अर्थमन्त्री युवराज खतिवडाले पोखरेलका सम्धी प्रा।डा। उपेन्द्र कोइरालालाई वाणिज्य बैंकको सञ्चालक सदस्य नियुक्त गरेका थिए। पोखरेलका सम्धीले बारम्बार सरकारी नियुक्ति पाउने गरेको भन्दै सञ्चारमाध्यमले सम्प्रेषण गरिरहेका छन्।

‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा म सितको सम्बन्धको दुरूपयोग गरी विद्यमान कानुनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन,’ उनले बुधबार विज्ञप्ति जारी गरी भनेका छन्।

पोखरेलले सरकारले गरेका काम विधिसम्मत, पारदर्शीतासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएको भन्दै नियुक्तिको बचाउ गरेका छन्।

‘कहीँकतै पनि मेरो अवाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु। यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु,’ पोखरेलले भनेका छन्, ‘ मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएकार गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु।’

ताजा खबर

amazed