चितवनमा कोरोना सङ्क्रमणबाट थप एकजनाको मृत्यु

शेयेर गर्नुहोस

चितवन । चितवन मेडिकल कलेजमा उपचारत एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १५ का ५८ वर्षीय पुरुष रहेका मेडिकल कलेजले जानकारी दिएको छ ।

कलेजद्वारा सञ्चालित अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार ज्वरो र खोकी आएका कारण यही भदौ १४ गते अस्पतालमा भर्ना भएका उनको १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उनको आज बिहान उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

चितवनका ९ जना, मकवानपुरका ४ जना, बारा, गोरखा, कैलाली र नवलपसारी सुस्ता पूर्वका १÷१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । जिल्लाका ७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

ताजा खबर

जाडो याममा दैनिक कति पिउनुपर्छ पानी ?

कैलाली प्रहरीद्वारा एकै दिन ४२ जना फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा ६ लाख ७५ हजारको अवैध सामान बरामद

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

amazed