कैलाली प्रहरीद्वारा एकै दिन ४२ जना फरार प्रतिवादी पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलाली प्रहरीले एकैदिन ४२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कैलाली जिल्ला मातहतका प्रहरी इकाइहरूले अदालतको फैसला कार्यान्वयन प्रभावकारी बनाउन सञ्चालन गरेको विशेष अभियानअन्तर्गत एकै दिन ४२ जना प्रतिवादी पक्राउ गरेका हुन् ।

पक्राउ परेका सबै लाई आवश्यक कानुनी प्रकृयाका लागि जिल्ला अदालत कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका व्यक्तिलाई जिल्लाका विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *