जाडो याममा दैनिक कति पिउनुपर्छ पानी ?

शेयेर गर्नुहोस

एजेन्सी । जाडो याम सुरु भइसकेको छ । चिसो मौसमले मानिसहरूलाई कम तिर्खा लाग्छ । तिर्खा कम हुनु अनि पानी चिसो भएकोले पनि मानिसहरूले यो मौसममा कम पानी सेवन गर्छन् । तर यो बानीले शरीरलाई हानि पुर्‍याउन सक्छ ।

विज्ञहरूका अनुसार दैनिक ५०० मिलिलिटरभन्दा कम पानी पिउँदा मिर्गौला र मस्तिष्क रोगहरू सहित विभिन्न दीर्घकालीन स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । आजको यस लेखमा हामी ती समस्याहरूबारे कुराकानी गर्नेछौँ ।

मिर्गौलाको फिल्टर गर्ने शक्ति सुस्त हुनु

मिर्गौलाले पानी छान्ने काम गरिरहन्छ । तर कसैले धेरै कम वा ५०० एमएल भन्दा पानी पिउँछ भने पिसाब गाढा हुन्छ । यसले थोरै मात्र पिसाब निस्कन्छ र शरीरबाट धेरै फोहोर पदार्थहरू बाहिर निकाल्न सक्दैन । यसले मिर्गौलालाई क्षति पुर्याउन सक्छ ।

मस्तिष्कले कम अक्सिजन पाउँछ

कम पानी पिउँदा रगतको मात्रा कम हुन्छ, जसले गर्दा मस्तिष्कसम्म पुग्ने अक्सिजनको मात्रा घट्छ । यस्तोमा ध्यान केन्द्रित गर्न कठिनाइ हुने, मुड स्विङ भइरहने र थकान महसुस हुने जस्ता समस्याहरू निम्त्याउँछ ।

मांसपेशी दुखाइ र ऊर्जाको कमी

कम पानी पिउँदा मांसपेशीहरूसम्म ऊर्जाको आपूर्ति कम हुन्छ । जसका कारण थकान वा ऊर्जाको कमी हुन सक्छ ।

पाचन प्रक्रिया सुस्त हुने

पाचनमा पानीले महत्त्वपूर्ण भूमिका खेल्छ । तर तपाईँले कम पानी पिउनुभयो भने पाचन प्रक्रिया सुस्त हुन्छ । जसका कारण कब्जियत र अपच जस्ता समस्या बढाउन सक्छ । यसबाहेक, भोक पनि प्रभावित हुन सक्छ ।

दीर्घकालीन रोगहरूको जोखिम बढ्छ

कसैले जाडोमा लगातार कम पानी पिउँछ भने समय बित्दै जाँदा शरीरमा तनावको स्तर बढाउन सक्छ । पिसाब बाक्लो हुन सक्छ, मिर्गौलाको फिल्टरेशन दर कम हुन्छ, तापमान नियन्त्रण कमी आदि समस्या हुन सक्छ । यसले पछि गम्भीर रोगहरू निम्त्याउन सक्छ ।

(अस्वीकरणः यो सामग्री सामान्य जानकारीका लागि अनलाइन स्रोतको सहयोगमा तयार पारिएको हो ।)

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *