घोडाघोडी नगरपालिकामा १ बर्षिया बालिकासहित थप ६ जना कोरोना संक्रमित

शेयेर गर्नुहोस

टीकापुर । घोडाघोडी नगरपालिकामा बुधबार १ वर्षिया बालिका सहित थप ६ जना कोरोना संक्रमित भएका छन ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा घोडाघोडीका ६ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार वडा नम्बर १ का १ वर्षिया बालिका सहित ६ जनामा कोरोना पुष्टि भएको उनले बताए ।
उनका अनुसार ३ महिला र ३ पुरुषमा संक्रमण कोरोना देखिएको हो । उनिहरु केही दिन अगाडी भारत बाट सिधै आएर होम क्वारेन्टिमा बसेको बताईएको छ ।

स्वास्थ्य शाखाले भाद्र १४ गते उनिहरुको स्वाव संकलन गरी सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षणका लागी पठाएको थियो । उनिहरुको स्वास्थ्य अवस्था सामान्य भएको स्वास्थ्य शाखाका प्रमुख कैलाश कुमार रावतले बताए ।
उनिहरुको स्वास्थ्य अवस्था हेरी आईसोलेशनमा राखिने बताईएको छ । यो संगै घोडाघोडीमा कोरोना संक्रमितको संख्या ९७ पुगेको घोडाघोडी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कोरोना संक्रमित अझै बढ्दै जानसक्ने स्वास्थ्कर्मीहरुको आँकलन छ ।

ताजा खबर

जाडो याममा दैनिक कति पिउनुपर्छ पानी ?

कैलाली प्रहरीद्वारा एकै दिन ४२ जना फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा ६ लाख ७५ हजारको अवैध सामान बरामद

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *