ब्राजिलमा पुरुष र महिला फुटबलरको सुविधा बराबर

शेयेर गर्नुहोस

काठमाडौं । ब्राजिली फुटबल संघले राष्ट्रिय महिला टिमका खेलाडीलाई समेत पुरुष सरहको सेवा सुविधा दिने भएको छ । बुधबार भएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष रोजेरियो काबोक्ले यस वर्षको मार्चबाट उक्त निर्णय कार्यान्वयनमा आएको बताएका छन् ।

ब्राजिलले अन्तर्राष्ट्रिय प्रतियोगिताको दौरान सबै फुटबल खेलाडीको दैनिक भत्ता तथा पुरस्कार रकम बराबर गर्ने भएको हो ।
‘यो वर्षको मार्चबाट पुरुष तथा महिला फुटबलको पुरस्कार र दैनिक भत्ताको मूल्य बराबरी,’ रोजेरियोले भनेका छन् ।

‘राष्ट्रिय टिममा रहँदा खेलाडीले समान रुपमा कमाई गर्नेछन् । पुरुषले प्राप्त गर्ने रकम सरह नै महिलाले समेत प्राप्त गर्नेछन् । ओलम्पिकमा उनीहरुले बराबरी रकम पाउनेछन्,’ उनले थपे ।

मार्चमा फ्रान्समा भएको विश्वकपबाटै महिला राष्ट्रिय टिमलाई पनि पुरुष सरह रकम दिन थालिएको संघले जनाएको छ । ‘अर्को वर्ष ओलम्पिकमा जित हासिल गरेपनि उनीहरुसँग त्यही हुनेछ, जो पुरुषहरुले पाउनेछन्,’अध्यक्ष काबोक्लेले भने ।

अष्ट्रेलिया, नर्वे तथा न्युजिल्याण्डसहितका धेरै देशले महिला तथा पुरुष खेलाडीलाई समान तलब सुविधा उपलब्ध गराउँदै आएका छन् ।

ब्राजिलको महिला फुटबलमा यो अर्को यात्राको सुरुआत भएको छ । कोरोना महामारीका कारण ब्राजिली महिला टिमले मार्च यता कुनै खेल खेलेको छैन ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed