कैलालीको खक्रौलाक्षेत्रबाट तस्करी रोकिएन, आर्थिक वर्षको हालसम्म १८ लाख ३० हजार सम्मको अबैध सामान बरामद

शेयेर गर्नुहोस

मान वहादुर ठकुल्ला
टीकापुर । कैलाली जिल्लाको दक्षिणपुर्विक्षेत्र बाट सीमा तस्करी बढेको छ । नेपाल भारत सिमानामा रहेको मोहना नदीबाट तस्करले मध्यराती डुंगा प्रयोग गर्दै तस्करीका बिभिन्न सामान आहोरदोहोर गर्दै आएका छन ।
नेपालबाट केराउ लगायतका सामान र भारतबाट कपडा, हार्डवयर, किराना लगायतका सामानको तस्करी भैरहेको छ ।
कैलालीमा निषेधाज्ञा छ । तरपनि भारतबाट नेपालमा सीमाक्षेत्रमा बिभिन्न सामानको तस्करी हुँदैछ । यसमा कसको कमजोरी हो जो कोहिले पनि सजिलै बुझ्न सक्ने अवस्था भएको स्थानिय दिलिप साउँदले बताए ।
उनले भने तस्करीमा शसस्त्र प्रहरी र जनपद प्रहरीको संलग्नता छ । आफुलाई चोखो छु र तस्करहरुसंग आफ्नो मिलोमतो छैन भनेर बिभागका माथिल्लो स्तरका अधिकृतको चित्त बुझाउन फाट्टफुट्ट तस्करीका सामान बरामद गरी भन्सार बुभाएको समेत साउँदले बताए ।
केहि तस्करीका सामान नेपाल प्रहरी तथा शसस्त्र प्रहरीको सक्रियतामा बरामद गरी भन्सारलाई बुझाइएको छ ।
तर प्रहरीले यो आर्थिक वर्षको करिब साढे एक महिनामा मात्र २६ लाख ४८ हजार ९ सय ७१ रुपैयाँ बराबरको अबैध सामान नेपाल भित्र्याउदै गर्दा बरामदगरी सत्ती भन्सार कार्यालय खक्रौलालाई बुझाएको छ ।
आर्थिक वर्षको साउन र भाद्र महिनाको १८ गते सम्ममा नेपाल प्रहरी र शसस्त्र प्रहरीले उक्त सामान बरामद गरी भन्सार कार्यालयलाई बुझाएको हो ।
डेढ महिनाको अबधिमा नेपाल प्रहरीले १८ लाख ३० हजार ७ सय ४८ रुपैयाँ बराबरको तस्करीको सामान बरामद गरी भन्सार कार्यालयलाई बुझाएको हो ।
यस्तै शसस्त्र प्रहरीले ८ लाख १८ हजार २ सय २३ रुपैयाँ बराबरका बिभिन्न तस्करीका सामान बरामद गरी सत्ती भन्सार कार्यालयलाई बुझाएको सत्ती भन्सार कार्यालय प्रमुख रामराज प्रसाद चौरसियाले बताए ।
यसैगरी डेढ महिनाको अबधिमा चोरी निकासीमा आवद्ध ८ जनालाई समेत प्रहरीले पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको उनले जानकारी दिए ।
सामान चोरि तस्करी संग्लग्नमा पक्राउ परेकाहरुबाट धरौटी बाफत १८ लाख ७८ हजार १ सय ५८ समेत राजस्व उठेको पनि भन्सार प्रमुख चौरासियाले मलवारालाई बताए ।
आर्थिक वर्षको डेढ महिना यता कपडा, मोबाईलका पार्टस, सुर्तीजन्य पदार्थ लगायतका सामानहरु पक्राउ गरिएको शसस्त्र प्रहरी सिमा सुरक्षा बल खक्रौलाका प्रमुख शसस्त्र प्रहरी निरिक्षक पदमराज भट्टले बताए ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed