१ करोड ३८ लाख भारुको नयाँ कार खरिदपछि अमिताभ बच्चनको आलोचना

शेयेर गर्नुहोस

काठमाडौं । कोरोना भाइरसलाई पराजित गरेर घर फर्किएका बलिउड अभिनेता अमिताभ बच्चनले शुभेच्छुकले जति माया पाए तर हिजोआज गाली पाइरहेका छन् ।एउटा विलासी कार खरिद गरेर फोटो सेसन गरी सामाजिक संजालमा पोष्ट भएपछि उनको ब्यापक आलोचना भइरहेको छ ।

उनले हालै खरिद गरेको नयाँ विलासी कार मर्सिडीज एस–क्लास विश्व महामारीका बेला अनावश्यक भएको सामाजिक संजाल प्रयोगकर्ताहरुको भनाइ छ ।केहि हप्ता अगाडी कोरोना जितेका उनले नयाँ कार गरेर कारसहित पोज दिइरहेको तस्वीर भाइरल बनेको थियो । उक्त तस्वीरमा उनलाई गाली र आलोचनाको बर्षा नै भएको छ ।

भारतमा कोरोनाका कारण सयौं मानिसको मृत्यु भइरहेको, लाखौं संक्रमित भएको र करोडौं मानिस भोकमरीमा परिरहेका बेला कार खरिद गर्नु फजुल खर्च भएको भनेर आलोचना भएको हो ।हालै सार्वजनिक उक्त कारको मुल्य १ करोड ३८ लाख भारु रहेको छ । यद्यपी, उक्त कार अमिताभले खरिद गरेको नभइ विज्ञापनका लागि फोटो सेसन गरेको पनि भनिएको छ ।

amazed