कञ्चनपुरमा ब्राउन सुगरसहित दुई पक्राउ

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नं. १० नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाको नेतृत्वको टोलीले एक ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वेदकोट नगरपालिका–९ सुन्दरपुरका २९ वर्षीय पृथ्वी डगौरा र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश राना रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका एसपी वीरेन्द्रबहादुर ऐरले बताए।

दशगजा क्षेत्रमा भारतीयहरुले कालो प्लाष्टिकमा माटो बाँधेर ब्राउन सुगर नेपाली सीमातर्फ फालेका थिए। उक्त स्थानमा रहेका डगौरा र चौधरीको खानतलासी लिँदा उनीहरुको साथबाट ब्राउन सुगर बरामद भएको थियो।

ताजा खबर

के तपाई पाठेघरको मुखको क्यान्सरबाट बच्न चाहनुहुन्छ ?

यस्ता समस्या भएका व्यक्तिहरुले काउलीको सेवन नगर्नुहोस्

मदिराको सेवनले बढाउँछ क्यान्सरको जोखिम

बलिउड अभिनेता सैफ अली खानमाथि धारिलो हतियार प्रहार

amazed