मोबाईल चोरीमा संलग्न टीकापुरका ३ जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । मोबाईल चोरीको आरोपमा तीन जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका वडा नम्वर २ बस्ने बर्ष १९ का सन्देश बिक र अन्य २ जना बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार टीकापुर नगरपालिका वडा नम्वर ४ मौरनियाका बलिराम थारुले संचालन गरेको मोबाईल ग्यालरीबाट उनीहरुले मोबाईल चोरी गरेको आरोप लागेको छ।

उनीहरुको साथबाट बिभिन्न कम्पनीका मोबाईल ८ थान र चोरी गर्न प्रयोग हुने औजारहरु समेत बरामद गरिएको छ। चोरी शिर्षकमा मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ। चोरीमा अधिकांश नाबालकहरु रहेको जनाइएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *