शेयेर गर्नुहोस
गान्दिप कायस्थ, राजापुर । बर्दियाको राजापुर नगरपालिकामा आजबाट सिंक परियोजना अन्तगत शिक्षकहरुका लागि शिक्षामा लैंगिक रूपान्तरण सम्बन्धी तीन दिने शिक्षण तालिम सुरु भएको छ ।
उक्त तीन दिने तालिम प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्ज, सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारीमा राजापुर नगरपालिका शिक्षा शाखाको समन्वयमा सुरु गरिएको हो ।
विद्यालयलाई कसरी लैंगिक मैत्री विद्यालय बनाउने, कक्षा १ देखी ५ सम्मका बालबालिका, विद्यार्थीहरुको सिकाई उपलब्धी गराउने उद्देश्यले सुुरु गरिएको तालिममा बालबालिका तथा यूवा महिलाहरुको समावेशी सुरक्षित तथा सान्दर्भिक शिक्षामा पहुँच, ज्ञान सीप सोच हासिल गराउने दिर्घकालीन सोचले तालिम सुरु गरिएको स्याक नेपालका फिल्ड सुपरभाइजर रेनुका चन्दले बताउनुभयो । त्यस्तै वहाँले तालिमको उदेश्यबारेसमेत प्रकाश पार्नुभयो ।
हेमा सुनारले प्रशिक्षण दिई रहनुभएको तालिममा राजापुर नगरपालिकाका ४ वटा विद्यालय र गेरुवा गाउँपालिकाका २ वटा विद्यालय गरी ६ वटा विद्यालयका शिक्षकहरु, स्याक नेपालका फिल्ड सुपरभाईजर दशलाल चौधरी, पत्रकार लगायतको समेत उपस्थिति रहेको थियो ।
उक्त तालिम भाद्र २४ गते बाट सुरु भई भाद्र २६ गतेसम्म चल्ने जनाइएको छ । तालिम स्वास्थ्यका सम्पुर्ण मापदण्ड पूरा गरेर भईरहेको आयोजकले जनाएको छ ।