प्रहरीद्वारा अवैध कपडासहितको मोटरसाइकल बरामद

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय, टीकापुर । टीकापुर नगरपालिका वडा नम्बर ८ कालीमाटीबाट प्रहरीले अवैध कपडासहित एक मोटरसाइकल बरामद गरेको छ ।

अवैध रुपमा भारतबाट भित्र्याइएको ३० हजार ५०० बराबरको ६१ थान सर्ट र नम्बर प्लेट नभएको हिरो होन्डाको एक लाख बराबरको मोटरसाइकल बरामद गरिएको ईलाका प्रहरी कार्यालय टीकापुरका इन्स्पेक्टर अरुण बमले जानकारी दिएका छन् ।

प्रहरी चौकी कालाकुन्डाका प्रमुख सई कुल बहादुर साउँदको टोलि कार्यालय जाने समयमा सोमबार दिउँसो १ बजे कालाकुन्डाको कालिमाटी चोक नजिक अवैध सामान भित्र्याइरहेका व्यक्ती भागेपछि उक्त सामान बरामद गरिएको तर मान्छे पक्राउ पर्न नसकेको उनले बताए ।

बरामद गरिएको सामान सोमबार नै मुल भन्सार कार्यालय सत्ती पठाइसकेको इन्स्पेक्टर बमले जानकारी दिए ।

ताजा खबर

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

एसएसपी बढुवाको तयारी, यी ३८ जना प्रतिस्पर्धी

amazed