प्रहरीद्वारा अवैध कपडासहितको मोटरसाइकल बरामद

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय, टीकापुर । टीकापुर नगरपालिका वडा नम्बर ८ कालीमाटीबाट प्रहरीले अवैध कपडासहित एक मोटरसाइकल बरामद गरेको छ ।

अवैध रुपमा भारतबाट भित्र्याइएको ३० हजार ५०० बराबरको ६१ थान सर्ट र नम्बर प्लेट नभएको हिरो होन्डाको एक लाख बराबरको मोटरसाइकल बरामद गरिएको ईलाका प्रहरी कार्यालय टीकापुरका इन्स्पेक्टर अरुण बमले जानकारी दिएका छन् ।

प्रहरी चौकी कालाकुन्डाका प्रमुख सई कुल बहादुर साउँदको टोलि कार्यालय जाने समयमा सोमबार दिउँसो १ बजे कालाकुन्डाको कालिमाटी चोक नजिक अवैध सामान भित्र्याइरहेका व्यक्ती भागेपछि उक्त सामान बरामद गरिएको तर मान्छे पक्राउ पर्न नसकेको उनले बताए ।

बरामद गरिएको सामान सोमबार नै मुल भन्सार कार्यालय सत्ती पठाइसकेको इन्स्पेक्टर बमले जानकारी दिए ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed