दिनेश खबरमाथिको आक्रमण प्रति विप्लव समुहको ध्यानाकर्षण

शेयेर गर्नुहोस

टीकापुर । धनगढी स्थित नगर कमिटी नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ समुहले दिनेश सञ्चार गृहमै प्रवेश गरी पत्रकारमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

शुक्रबार धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथि केहि व्यक्तिले कुटपिट गरेका छन्। उनीहरुले सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेका हुन् भने, व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेका छन।

कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारमाथि कुटपिट हुनु निन्दनिय र खेदजनक रहेको भन्दै विप्लव समुहका धनगढी नगर इन्चार्ज अनमोलद्वारा जारी भएको विज्ञप्तिमा भनीएको छ‘ सत्यतथ्य नबुझी दिनेश खबरको सञ्चार गृहमै प्रवेश गरेर कानुन हातमा लिई आक्रमण गर्नु निन्दनिय एवं खेदजनक छ।
विज्ञप्तीमा भनिएको छ –उक्त आक्रमणमा संलग्नलाई कारवाहीको माग गर्दछौं। सम्पूर्ण सञ्चारकर्मी र सञ्चार माध्यमको सुरक्षाको पूर्ण प्रत्याभुतिका लागि प्रशासनसँग माग गर्दछौं।’

आत्महत्या गरेको भनी प्रहरीले बताएपनि थुनुवा कक्षमा युवकको हत्या भएको आरोप पत्रकारकारलाई आक्रमण गर्ने पक्षले लगाएका छन्।

ताजा खबर

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

क्वारेनटाइन नहुँदा तरकारी ल्याउन विवाहको कार्ड देखाउनुपर्ने

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

एसएसपी बढुवाको तयारी, यी ३८ जना प्रतिस्पर्धी

amazed