एकता बचत ऋण सहकारीको पहलमा बृक्षारोपण, कार्यक्रममा प्रदेश सांसद रावल सहभागी

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर नगरपालिका वडा नं. १ व्यवसायक्षेत्रमा संचालित एकता बचत तथा ऋण सहकारी संस्थाको आयोजना आज बृक्षारोपण गरिएको छ ।
टीकापुर नगरपालिका वडा नं. १ स्थित टीकापुर नर्सरी वन संरक्षण समितीमा ३ हजार १ सय बोटबिरुवा बृक्षारोपण गरिएको हो । २ हजार बोट सिसम, ५ सय खयर, ५ सय लिप्टीस र १ सय बोट डालेघाँस बृक्षारोपण गरिएको हो ।
बृक्षारोपण कार्यक्रममा प्रदेश सांसद रण बहादुर रावल, टीकापुर नगरपालिका प्रमुख तपेन्द्र वहादुर रावल, टीकापुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रामशंकर डगौंरा थारुको उपस्थिती रहेको थियो । भने उहाँहरुले समेत बृक्षारोपण गर्नु भएको थियो ।
यसैगरी उक्त कार्यक्रममा बिभिन्न राजनितीकदलका पदाधिकारी, समाजसेवी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतकोपनि उपस्थिती रहेको थियो ।

रानी जमरा कुलरिया सिँचाई आयोजना र शब डिभिजन बन कार्यालय टीकापुरले बृक्षारोपण गरिएका बोटबिरुवाहरु उपलब्ध गराएको एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष झपट बहादुर बुढाले मलवारालाई बताउनुभयो ।
बृक्षारोपण कार्यक्रमलाई न्यू प्रगतीशिल युवा समाज व्यवसायक्षेत्रले सहयोग गरेको समेत बुढाले जानकारी दिनुभयो ।

ताजा खबर

कर्णालीबाट हाम फालेर बेपत्ता भएका शाहीको तीनपछि शव भेटियो

नागरिक उन्मुक्ति पार्टीभित्र फेरी किचलो

कञ्चनपुरमा ५६ वर्षीय पुरुष एसइईको परिक्षा दिँदै

टीकापुर नगरपालिकाले मनायो विश्व क्षयरोग दिवस

धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि !

हाम्रो फेसबुक