टीकापुर नगरपालिका अन्तर्गत नेपाल भारत सीमानाका १३ सीमा स्तम्भ हराए

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला ।

टीकापुर / कैलाली जिल्लाको दक्षिणपुर्वि नेपाल–भारत सीमानाका १३ सीमा स्तम्भ हराएका छन ।
टीकापुर नगरपालिका अन्र्तगतका नेपाल भारत सीमानाका मुख्य ६ सीमा स्तम्भ मध्य ३ सीमा स्तम्भ र २५ सहायक सीमा स्तम्भ मध्य १० सीमा स्तम्भ हराएका हुन ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बल खक्रौलाका प्रमुख प्रहरी निरिक्षक पदम राज भट्टका अनुसार टीकापुर नगरपालिकाभित्र ६ मुख्य र २५ सहायक सीमा स्तम्भ रहेकोमा ३ मुख्य र १० सहायक सीमा स्तम्भ हराएका छन ।
भट्टले मलवारालाई दिएको जानकारी अनुसार मुख्य सीमा स्तम्भहरु ७०१, ७०३ र ७०४ हराएका छन भने हराएका सहायक स्तम्भहरु ७०१–१, ७०२–१, ७०२–२, ७०२–३, ७०२–४, ७०२–५, ७०२–६, ७०२–७, ७०४–६ र ७०५–३ रहेका छन ।
‘यो वर्ष सीमास्तम्भ मर्मतको काम भयो, नेपाल र भारत मिलेर सीमानामा रहेका स्तम्भ स्तरोन्नति गर्ने कार्य भयो । तर हराएका सीमास्तम्भ पुर्ननिर्माण बारे केही पहल नभएको प्रहरी निरीक्षक भट्टले बताए ।
यस वर्ष कर्णाली नदीले दुई देशको दशजगा क्षेत्रमै वैशाख महिनाको पहिलो सातादेखि नै कटान शुरु गरेको थियो ।
नदी कटानले यस वर्ष श्रीलङ्काक्षेत्रको जमिन कटानका साथै नेपाल भारत सीमानाका सीमा स्तम्भपनि बगाउको छ । कर्णाली नदीले मात्र होइन, सीमा क्षेत्र भएर बग्ने मोहना नदीले पनि सीमास्तम्भ बगाउँदै आएको छ ।
सीमास्तम्भ नदी कटानमा परेपछि नेपाल–भारतबिच सीमा बिबाद हुँने संकेत देखिएको छ ।


यस्तै कैलाली स्थित नेपाल भारत सीमानामा बचेका सीमा स्तम्भ समेत नदी कटानको जोखिममा छन । तर बचेका सीमा स्तम्भहरु समेत बचाउने प्रयास नभएको स्थानिय बासिन्दाहरु बताउछन ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *