चन्दाबाट ३ करोडको गौसाला निर्माण

शेयेर गर्नुहोस

पवन भण्डारी / धनगढी । धनगढी उप–महानगरपालीका वडा न ३ चटकपुरमा स्थानीयको लागानीमा गौसाला निर्माण गरिएको छ । स्थानीय नागरिकहरुले २०७५ सालमा गौसंरक्षण समिती गठन गर्दै चन्दा संकलन गरि सो गौसाला निर्माण गरेका हुन ।

करिब ३ करोडको लगानीमा निर्माण भएको गौसालामा प्रदेश सरकारको २३ लाँख र स्थानीय सरकारले ५ लाँख मात्र सहयोग गरेको अन्य सबै रकम चन्दा संकलन भएको थियो ।

करिब १ सय ५० बढि गाईहरुको ब्यावस्थापन गर्न सक्ने गरि भवनको काम सम्पन्न भएको भएपनि आर्थीक अभाबमा सञ्चालन हुन सकेको छैन । गौसालामा हाल ४५ ओटामात्र गाईहरु रहेको भएपनि गाईहरु लाई समेत चरनको उपयुक्त ठाँउ नहुदा समस्या भएको गौसंरक्षणमा खटिनु भएका स्वामी रामचन्द्रले बताए ।

गौसाला निर्माण गर्दा सबैको साथ र सहयोगले बनाएको भएपनि अहिले भने कुनै पनि निकायले साथ नदिएको गौसाला संरक्षण समितीका सचिब एबम प्रबक्ता एस पाल अवस्थीले बताए ।

गौसाला निर्माण गरि सकेपछि गाईको गोबरबाट कम्ँपोष्ट मल निर्माण गर्ने र मलमुत्र संकलन गरि औषधीको रुपमा प्रयोग गर्ने आफुहरुको लक्ष्य रहेको बडा न ३ का वडा अध्यक्ष बल बहादुर ऐरले बताए । उनले आर्थीक अभाबका कारण गाईको हेरचाह गर्ने मानीसहरु समेत राख्न नसकेको बताए ।

स्थानीय नागरीकहरु ले चन्दा संकलन गरि निर्माण गरेको गौसालामा प्रदेश सरकार र स्थानीयतह ले चाँसो नदिदा कतिपय गौसालाहरु निर्माण भएपनि सञ्चालन हुन सकेका छैनन ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed