डल्फिन क्षेत्रमा पर्यटक बढ्दै

शेयेर गर्नुहोस

छविलाल जैसी ।

टीकापुर / कैलालीको टीकापुर स्थित डल्फिन संरक्षण क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा अहिले केहि खुकुलो भएको लकडाउन पछि बिस्तारै चहलपहल शुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले पछिल्लो पटक भदौ ४ गते रातीदेखि जारी गरेको निषेधाज्ञा भदौं १९ गतेदेखि केहि खुकुलो बनाएसँगै स्थानिय स्तरमा रहेका पर्यटकिय क्षेत्रहरुमा थोरै थोरै संख्यामा आन्तरिक पर्यटकहरु अवलोकनका लागि जान थालेका छन् ।
यसैक्रममा विशेष गरेर कैलालीको पथरैया, मोहना, कान्द्रा नदीको संगम स्थलमा वर्षात्का ३÷४ महिनामा मात्र देखिने विश्वकै दुर्लभ डल्फिन अवलोकनको लागि पर्यटकहरु आइरहेको विगत लामो समयदेखि डल्फिन संरक्षणको क्षेत्रमा क्रियाशिल युवा भोजराज ढुंगानाले बताउनुभयो ।
डल्फिन अवलोकनकै क्रममा टीकापुर नगरपालिका वडा नं. १ स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका संचालक तथा कर्मचारीहरुले समेत शनिबार सो क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।
भ्रमणका क्रममा डल्फिन संरक्षणको क्षेत्रमा क्रियाशिल संस्था डिएबिसीका पदाधिकारी तथा जनकल्याणका संचालकहरुका बीचमा डल्फिन क्षेत्रको विकास तथा प्रचार प्रसारका विषयमा अन्तरक्रिया समेत सम्पन्न भएको छ ।
जनकल्याणका अध्यक्ष बद्रि प्रसाद भट्राईको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा डिएबिसी नेपालका अध्यक्ष भोजराज ढुंगानाले मन्तन्व्य राख्दै विश्वकै दुर्लभ डल्फिन संरक्षणको लागि आफुहरु स्थानिय स्तरबाट निरन्तर लागिरहेको बताउनुभयो ।
उहाँले सो क्षेत्रको विकासको लागि सबैले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्नेमा समेत जोड दिनुभएको छ । भजनी नगरपालिका र टीकापुर नगरपालिकाको सीमानामा पर्ने सो क्षेत्रमा विशेष गरेर स्थानिय दुई नगरपालिका सहित आसपासका स्थानिय सरकारहरुले सो क्षेत्रको विकासको पहल गरिदिनुपर्नेमा उहाँको जोड थियो ।
त्यसैगरी जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बद्रिप्रसाद भट्टराईले डल्फिन क्षेत्रको प्रचारप्रसारका साथै संस्थाले आफ्नो तर्फबाट यथाशक्य सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रम सहकारीका व्यवस्थापक छबिलाल जैशीले संचालन गर्नुभएको थियो ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed