कालाकुण्डा बगरमा परिणत जमीनमा बृक्षारोपण

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला / कैलालीको टीकापुर–७ कालाकु्डा क्षेत्र स्थित बगरमा परिणत भएको जमीन संरक्षणमा स्थानीय जुटेका छन् । वर्षौदेखि नदी कटान र पटान भएर खेती गर्न नसकिएको जमीनलाई स्थानीयले सामुदायिक वनका रुपमा विकास गर्न थालेका छन् ।
कैलालीको टीकापुर–७ कालाकुण्डा क्षेत्रमा मोहना नदी कटानले बनाएको बगरमा वृक्षारोपण गरिएको छ । प्रस्तावित कालाकुण्डा सामुदायिक वनमा उपभोक्ताले चार हजार ५०० बिरुवा रापेका हुन् । बिरुवा रानी जमरा कुलरिया सिँचाइ आयोजना टीकापुरले उपलब्ध गराएको हो ।
प्रस्तावित सामुदायिक वनका अध्यक्ष भिउराज साउदले आयोजनासँग बिरुवा माग गरेर वृक्षारोपण गरेको बताए । ‘‘हामीले जमीन संरक्षणका लागि सामुदायिक वनका रुपमा विकास गर्ने योजना बनायौँ’’, साउदले भने, ‘‘ नदी कटानले हैरान भएका स्थानीय वृक्षारोपण भए नदी कटान न्यूनीकरण हुने आशामा छन् ।’’
स्थानीयले वन बनाउन थालेपछि त्यहाँ सिसम, खयर, बेत, लिप्टिस, ताकी, बकाइनो, सिरिस र अमाला लगातका बिरुवा रोपिएका हुन् । केही वर्ष अघिसम्म भारतले आफ्नो दाबी गर्दै आएको त्यहाँ गत वर्ष नेपाल र भारतको संयुक्त सर्वे टोलीले सीमा स्तम्भ मर्मत गरेपछि नेपालकै जमीन भएको टुङ्गो लागेको हो ।
जमीन सधैँ बाझो रहने भएकाले स्थानीयस्तरमा छलफल गरी सामुदायिक वनका रुपमा विकास गर्न थालेको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताए । ढुङ्गानाले भने, ‘‘अब वन बनाएर नदी कटान नियन्त्रण, वन तथा वन्यजन्तु संरक्षण गर्नुका साथै डल्फिन क्षेत्रको विकास गर्नेछौँ ।’’
स्थानीयस्तरबाटै मोहना नदीको किनारमा रहेको जमीन संरक्षण गर्ने योजनाले नदी कटान नियन्त्रणमा सघाउ पुग्ने स्थानीयको अपेक्षा छ । साथै सामुदायिक रुपमा प्रयोग विहीन जमीन प्रयोग गरेमा स्थानीयलाई आवश्यक घाँस दाउरा जुटाउन समेत सहयोग पुग्ने स्थानिय मदन साउद बताउछन ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *