ह्याप्पी बर्थ डे दिलिप रायमाझी

शेयेर गर्नुहोस

काठमाडौं । नायक दिलिप रायमाझी आफ्नो ४० औं जन्मदिन मनाउँदैछन् । केही बर्ष अगाडि नेपालबाटै अमेरिकाको ग्रिन कार्ड लिएर उनी स–परिवार अमेरिका पुगेका थिए ।

नायक दिपिल रायमाझीले २१ बर्ष अगाडि चलचित्र ‘आदिकवि भानुभक्त’बाट नेपाली चलचित्रमा पाइला राखेका हुन् । यसपछि, यी नायकको क्रेज यसरी चुलियो कि, सो समयमा उनले नायक राजेश हमाललाई पनि चुनौती दिएका थिए ।

दिलिपले अभिनय गरेका ‘जिन्दगानी, आफ्नो मान्छे, आफ्नो घर आफ्नो मान्छे, के भो लौन नी, सुपरस्टार, बादलपारि, दर्पण छाया, मितिनी’ लगायतका चलचित्रले उनलाई सो समयको सर्वाधिक व्यस्त नायक बनाइदिएको थियो । दिलिपले एक दिनमै ३ वटा चलचित्रमा काम गर्ने गरेको चर्चा पनि थियो । दिलिपको समय लिनका लागि निर्माताले उनलाई महिनौ पर्खिने समेत गरेका थिए ।

नृत्य र अभिनयमा पोख्त यी नायकको करिअर चलचित्र ‘लहना’ पछि विस्तारै कमजोर बन्यो । यसपछि उनले ‘धनसम्पत्ती, मलाई माफ गरिदेउ, मुस्कान, पाहुना, दुख, मुग्लान, मिस यू, बाटो मुनिको फूल २, कही कतै, नाई नभन्नु ल ५’ लगायतका चलचित्रमा काम गरे ।

नेपाली चलचित्रमा सहायक नृत्य निर्देशक भएर काम सुरु गरेका यी कलाकारले केही चलचित्रमा कोरसको रुपमा समेत काम गरेका छन् ।

आज पनि दिलिप चलचित्र निर्माण र अभिनयमा व्यस्त छन् । उनले, अभिनय तथा निर्माण गरेको चलचित्र ‘लक्का जवान’ रिलिजको पर्खाइमा छ ।

यस्तै, दिलिप रायमाझी शुक्रबारबाट सुरु हुन लागेको ‘दि डान्सिङ स्टार्स विथ नेपाल’का निर्णायक समेत हुन् । यो शो हिमालय टेलिभिजनमा आज असोज २ गतेबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदैछ । उनै, नायकलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *