सपथ लिएपछि वामदेवले भने,–जनताप्रति बफादार भएर भूमिका निभाउने छुु

शेयेर गर्नुहोस

काठमाडौँ । नेकपाका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको सपथ लिएका छन् । राष्ट्रपतिले मनोनित गरेका गौतमलाई बिहीबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले सपथ गराएका हुन् ।
गौतमलाई सांसदको ब्याच लगाइदिँदै राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना । तस्बिर स् रोशन सापकोटा, रासस

सपथ ग्रहणपछि गौतमले राष्ट्रियता, जनताप्रति बफादार भएर भूमिका निभाउने बताएका छन् । ुराष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा गिराउने छैन,ु गौतमले भने ।

नेकपाका सचिवालय सदस्य समेत रहेका नेता गौतमले पार्टीको समाजवादमा जाने लक्ष्यमा पुग्न आफूले भूमिका खेल्ने पनि बताएका छन् । सपथ ग्रहण कार्यक्रममा नेकपा नेता एवं पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतको उपस्थिति थियो ।

राष्ट्रपतिले मोनिनत गर्ने राष्ट्रिय सभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थियो । यो कोटामा गौतमलाई सिफारिस गर्ने निर्णय नेकपा सचिवालयले गरेको थियो । प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमलाई राष्ट्रियसभा पठाउने निर्णयको विरोध भए पनि बुधबार मन्त्रिपरिषद्ले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

ताजा खबर

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

क्वारेनटाइन नहुँदा तरकारी ल्याउन विवाहको कार्ड देखाउनुपर्ने

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

एसएसपी बढुवाको तयारी, यी ३८ जना प्रतिस्पर्धी

amazed