शेयेर गर्नुहोस
यज्ञराज उपाध्याय, टीकापुर । नारायणपुर जेसिजले एकहप्ता अगाडीदेखि सुरु गरेको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन एक कार्यक्रमका बीच समापन गरिएको छ ।
नारायणपुर जेसिजका अध्यक्ष शम्भु कडायतको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य एवं प्रतिपक्ष दलका नेता रण बहादुर रावल प्रमुख अतिथी रहेका थिए भने साविक नारायणपुर गाविसका अध्यक्ष एवं मानार्थ सदस्य फकिर सिंह कडायत विशिष्ट अतिथी रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य रावलले समाजलाई माथी उठाउन नारायणपुर जेसिजले महत्त्वपूर्ण काम गरेको र जेसिजको उद्देश्य नै यहि रहेको बताउदै जेसिजमा युवाहरु आवद्ध हुने भएकाले समाज रुपान्तरण गर्न सजिलो भएको बताए । विगत २० वर्षपहिले स्थापना भएर सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउदै आएको नारायणपुर जेसिजले धेरै संघर्ष गर्दै सामाजिक रुपमा राम्रो काम गर्दै आइरहेकोले बधाईसमेत दिए ।
त्यस्तै रावल प्रदेश सांसद भएकाले नारायणपुर जेसिजलाई केही सहयोग गर्न गरेको आग्रहलाई स्विकार गर्दै रावलले आफ्नो तर्फबाट गर्नसक्ने सहयोगको लागि पछि नहट्ने बताउदै जेसिजको शिक्षाले आफू पनि असल बनौं र अर्कोलाई पनि असल बन्न उत्प्रेरित गरौं भन्ने भएकाले सबै असल बन्नुपर्ने बताए ।
टीकापुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्षसमेत रहेका नारायणपुर जेसिजका कार्याकारी उपाध्यक्ष बलिराम चौधरीको स्वागतसंगै सुरु भएको कार्यक्रममा उक्त जेसिजका सदस्य एवं समापन कार्यक्रमका संयोजक भोजराज ढुंगानाले धन्यवाद मन्तव्य राखेका थिए ।
त्यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेसका युवा नेता शेर बहादुर साउँद, जेसिजका मानार्थ सदस्य कपुर सिंह कडायत, नारायणपुर जेसिज वर्ष २०१९ का अध्यक्ष धनञ्जय ढुंगाना, भानु पुस्तकालय सत्तीका सचिव मनिराम ढुंगाना, नारायणपुर जेसिज वर्ष २०११ का अध्यक्ष गणेश प्रसाद ओझाले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन उक्त जेसिजका महासचिव धनबहादुर बुढाले गरेका थिए ।
कार्यक्रममा जेसिजले सातदिनसम्म गरिएका विभिन्न कार्यक्रमहरुको जिम्मेवारी पाएको कार्यक्रम संयोजकहरु अध्यक्ष कडायतले मायाको चिनो दिदै सम्मानसमेत गरेका थिए । टीकापुर नगरपालिकाका प्राविधिक मीन बहादुर थापाले २०५६ सालमा भएको जेसिजको आफ्नै जग्गाको माइनट खोज्न २०७४ सालमा सहयोग गरेकाले दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने उक्त कार्यक्रमको मिडिया पार्टनरको रुपमा रहेको मलवारा दैनिकका सम्पादक दिपेन्द्र भण्डारीलाईसमेत कार्यक्रममा मायाको चिनोका साथ सम्मान गरिएको थियो ।

१० गते उद्घाटन सत्रका साथ फलफुल वितरण कार्यक्रम गरेर सुरु गरिएको सप्ताहव्यापी कार्यक्रममा प्रत्येक दिन विभिन्न कार्यक्रमहरु गरिएका थिए । जसअन्तर्गत ११ गते दोश्रो दिन पुर्व अध्यक्ष स्व. कुलदिप भट्टराईको १३ औं दिने तिथिमा श्रद्धाञ्जली कार्यक्रम, तेश्रो दिन १२ गते कोभिड १९ लाई मध्यनजर गर्दै नारायणपुर चोक र बेलुवा चोकमा माक्स तथा सेनिटाइजर वितरण, चौथो दिन १३ गते सत्ती स्थित पदमप्रकाशेश्वर मन्दिर परिसरमा सरसफाई कार्यक्रम, १४ गते पाचौं दिन बेलुवा खेल मैदानमा मोटरसाइकल स्लो प्रतियोगिता, १५ गते छैटौं दिन युवा क्षमता विकास तथा नेतृत्व विकास तालिम र सातौं दिन सम्मान र भोजन कार्यक्रमसहित सप्ताहव्यापी कार्यक्रमको समापन गरिएको हो ।