वडा सचिव बुढालाई दुई वडा कार्यालयको जिम्मेवारी

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर नगरपालिकाले वडा न ७ का वडा सचिब लोकवहादुर बुढालाई वडा नं. ९ को समेत जिम्मेवारी दिएको छ ।
विगत तीन वर्षदेखि वडा सचिबहरुको तुलनामा छोटो छरितो वडाका सम्पूर्ण काम कार्य सम्पन्न गर्न सफल भएकाले बुढालाई वडा नं. ९ को समेत जिम्मेवारी दिएको हो ।
गत असोज १ गतेबाट बुढाले वडा नं. ९ को समेत जिम्मेवारी पाएका हुन ।
नगरपालिकाले कार्य कुसलता देखेर दिएको जिम्मेवारी पूर्णरुपमा पालना गर्ने बुढाको जिकिर छ ।
दुबै वडाका वासिन्दालाई सेवा दिन सक्ने जिकिर गर्दै सचिब बुढाले भने– योजना तथा कार्यक्रमहरु समयमै सम्पन्न गर्ने लक्ष लिएको छु ।
प्रशासनिक काममा भने दुबै वडामा सेवा दिनुपर्ने भएकाले अल्ली असहज परिस्थिती रहने छ तरपनि आफुले दुवै वडाका वासिन्दालाई सेवा दिन पछि नहट्ने बुढाको दावी छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed