शेयेर गर्नुहोस
मान वहादुर ठकुल्ला,
टीकापुर / टीकापुर नगरपालिका वडा न ९ झुङ्गामा निर्माण सम्पन्न भएको कालोपत्रे (पिच) महिना दिन नपुग्दै फुटेको छ ।
झुङ्गा चोक देखि सेतीमैया माबि स्कुल हुदै हुलाकी सडक जोडने ४६० मिटर सडक कालोपत्रे निर्माण सम्पन्न भएको महिना दिन नपुग्दै फुटेको हो ।
५० लाखको टेन्डर रहेकोमा ४७ प्रतिशत बिलोमा गरिएको कालोपत्रे २६ लाख रुपैयाँमा निर्माण भएको हो । उदय सागर निर्माण सेवा लम्कीले यो सडक निर्माण गरेको हो ।
उक्त कालोपत्रे सडकमा कमसल खालको निर्माण सामग्रीको प्रयोग गरिएकाले महिना दिन नपुग्दै सडकको बिचभागमा फुटेको वडा नं. ९ का वडा अध्यक्ष लौटन चौधरीले बताए ।
आफुले कालोपत्रे राम्रो संग बनाई दिनु पर्याे भनी ठेकदार र प्राबिधिकलाई अनुरोध गर्दा र कार्यपालिकामा अनुगमनका लागि आग्रह गर्दापनि सडक कालोपत्रे गुणस्तर नभएकाले सडक निर्माण भएको केहि दिनमै फुटेको उनले बताए ।
बर्षादमा गरेको कालोपत्रे टिकाउन नहुने भएकाले कालोपत्रे नगर्न ठेकेदार कम्पनि लाई सुझाब दिएको र रोक्नका लागि वडा अध्यक्ष र प्राबिधिक लाई आग्रह गरेको टीकापुर नगरपालिका प्रबक्ता दिर्घ बहादुर ठकुल्लाले बताए ।
एक बर्ष सम्म निर्माण कम्पनीको जिम्मेवारी रहने भएकाले सो बाटो निर्माण कम्पनीले नै बनाउनु पर्ने समेत ठकुल्लाले बताए ।