नारायणपुर जेसिजको आयोजनामा सप्ताहव्यापी कार्यक्रम उद्धघाटन

शेयेर गर्नुहोस

मान वहादुर ठकुल्ला /
टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ स्थित नारायणपुर जेसिजको आयोजनामा भएको सप्ताहव्यापी कार्यक्रमको उद्घघाट्न भएको छ ।
शनिबार औपचारिक रुपमा यो कार्यक्रम शुरु भएको हो । सात दिन सम्म संचालन हुने सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन टीकापुर ६ स्थित स्वास्थ्य चौकीमा रहेका बिरामीहरु लाई फलफुल बितरण गरिएको छ ।
शानिबार भएको जेसिज सप्ताह उद्घघाटन कार्यक्रम नारायणपुर जेसिजका अध्यक्ष शम्भु कडायतको अध्यक्षता भएको थियो भने कार्यक्रममा प्रमुख अतिथी टिकापुर नगरपालिकाका प्रमुख तपेन्द्र बहादुर रावल रहनु भएको थियो ।
जेसिज सप्ताह कार्यक्रमको उद्घघाट्न सत्रमा टीकापुर जेसिजका अध्यक्ष तपेन्द्र स्वार ,जोशीपुर जेसिजका बिष्णु डगौरा थारु, सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिँह साउद, पुर्ण प्रकाश शाह, धनञ्जय ढुङ्गानाले मन्तब्य राख्नु भएको थियो ।
यसैगरी बिशिष्ठ अतिथी टीकापुर नगरपालिका ६ नम्बर वडाका वडा अध्यक्ष बलिराम चौधरी, टीकापुर नगरपालिकाका प्रबक्ता एवं ८ नं. वडा कार्यालयका वडाध्यक्ष दिर्घ बहादुर ठकुल्ला, नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष गणेश साउँद, नेपाल जेसिजका महासचिव टेकराज रेग्मी र नेपाल जेसिजका राष्ट्रिय पुर्व अध्यक्ष तेजशंकर भट्टले शुभकामना मनतव्य राख्नु भएको थियो । सप्ताहव्यापी कार्यक्रमको आइतबार दोश्रो दिन जेसिजका पुर्व अध्यक्ष स्व. कुलदिप भट्टराईको १३ औ पुण्य तिथिमा श्रद्धाञ्जली सभा गरिने आयोजकले जनाएको छ ।
सप्ताह व्यापी कार्यक्रमको तेस्रो दिन नारायणपुर चोकमा मास्क र सेनिटाईजर बितरण, चौथो दिनमा सत्ती स्थित शिबमन्दिर सरसफाइ, पाचौं दिनमा स्लो मोटरसाईकल प्रतियोगिता, छैठौं दिनमा युवा क्षमता तथा नेतृत्व बिकास तालिम गरिने र अन्तिम दिन सम्मान र भोजन सहित कार्यक्रमको समापन गरिने संस्थाका अध्यक्ष शम्भु कडायतले जानकारी दिनुभयो ।

ताजा खबर

देशभर बदली : गण्डकीदेखि पश्चिममा वर्षा र हिमाली भेगमा हिमपात

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

amazed